Breaking

संसदमा गृहमन्त्रीमाथि प्रश्न उठाउने एमालेको तयारी


काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि संसदमा प्रश्न उठाउने भएको छ । नयाँ बानेश्वरमा मध्यान्ह १२ बजे बस्ने एमाले संसदीय दलको बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा निर्णय हुने एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

एमालेले उठाएको कुरालाई सरकारले कसरी लिन्छ भोलि र पर्सिका बैठकमा एमाले सोही रूपमा प्रस्तुत हुने प्रमुख सचेतक गिरीले बताए । आज दिँउसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।