Breaking

माओवादी पदाधिकारी बैठकमा कन्द्रीय कमिटीका एजेन्डाबारे छलफल


काठमाडौँ – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा साउन १७ गते बस्ने केन्द्रीय कमिटीमा लैजाने एजेण्डा र तयारीबारे छलफल भएको छ ।

पार्टीका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान बसको बैठकमा साउन १७ गते सुरु हुने बैठकको एजेन्डा र तयारीबारे छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । बैठक फेरि दिउँसो ४ बजे बस्नेछ ।

माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली भ्रमणमा रहेका छन् । माओवादीले असार २३ गते तय भएको बैठक साउन १७ गते बोलाइएको छ । यस अगाडि प्रदेशको बजेट अधिवेशन, आर्थिक मसान्तलगायतको कारण देखाउँदै माओवादी केन्द्रले बैठक सारेको थियो ।