Breaking

नारायणकाजीको शक्ति भत्काउँदै ओली, गृहमन्त्रीनै तस्कर भएको आरोप, सुनकाण्डमा को दोषी ?


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डभन्दा बढी गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्चा चुलिएको छ । पछिल्लो समय सार्वजनिक भएका प्रकरणमा गृहमन्त्रीको भूमिकालाई लिएर प्रशंसा भइरहेको छ । तर सुनकाण्डमा गृहमन्त्री स्वयम् प्रश्नको कठघरामा छन् । जसलाई मुद्दा बनाएर एमाले जुहारीमै उत्रिएको छ ।

बद्तमिज गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुनकाण्डमा बद्मास भएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीे आक्रोशित भावमा उम्लिएका छन् ।कम्बोडियामै हुँदा नारायणकाजीका शब्दशब्दले घायल भएका ओली विमानबाट विमानस्थल टेक्न नपाउँदै टकटक्याउनउत्रिएका हुन् ।ओलीकै शब्दमा नारायणकाजीले सुनकाण्डमा बद्तमिज र गैरजिम्मेवारीको हद पार गरेका छन् ।

ओली आवेशमा आउनुका पछाडी गृहमन्त्रीले दिएको अभिव्यक्ति पनिकारण हो । विमानस्थलबाट सय किलो सुन समातिएपछि नारायणकाजीलेबालकोटका मान्छे पनि शंकास्पद भएको आशंका विसाएका थिए ।किनकि कुनै कोट वा टारको मान्छे छोड्दिन्न भन्ने अभिव्यक्ति ओलीलाई झस्को दिने खालको थियो ।

यही अभिव्यक्तिले नारायणकाजीको चर्चापनि चुलियो । बालकोट र बालुवाटारको मान्छे छोड्दिन्न भन्ने गृहमन्त्रीको दाबीपछि एमालेनिकट युवाहरु सडकमा राँको बाल्न पनि निस्किए ।एमालेको एउटै माग छ, नारायणकाजीले गृहमन्त्रीबाट राजीनामा दिनुपर्छ । किनकि एमालेविरुद्ध जथाभावी बोल्ने छुट गृहमन्त्रीलाई छैन । ओलीको आवेग एकाएक प्रधानमन्त्री प्रचण्डबाट नारायणकाजीमा स्थानान्तरण भएको छ ।यहीबेला सोमबार कड्किएर बोलेका नारायणकाजीले फेरि ओलीको माथा गरम पार्ने काम गरे । उनले भने, कुनै एमाले, माओवादी वा काँग्रेस र समाजवादी जो भएपनि कारबाही गर्छु ।

लगातर एमालेकै नाम मुछेर नारायणकाजीले दर्शकद्रिघालाई खुशी पारेको विषय ओलीका लागि पटक्कैमन परेको छैन ।नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवासको जग्गा प्रकरणमा पनि गृहमन्त्रीले एमाले लक्षित तिर हानेको विषयले चिटचिट भएका ओली सुनकाण्डमा नारायणकाजीलाई तान्ने तयारीमा छन् ।

यसैकारण कम्बोडियाबाट फर्किएपछि विमानस्थलमा बोलेका ओलीले सुनतस्करीमा नारायणकाजीकै भूमिका किटेर जवाफ माग गरेका छन् । यत्रो तस्करी सानातिनो मात्रै सामेल भएर सम्भव नभएको भन्दै नारायणकाजी संलग्नता थिएन कसको थियो ?जवाफ दिन चुनौती दिएका छन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको मातहातमा विमानस्थलभित्र सुरक्षा फौज तैनाथ छ । अर्थमन्त्री प्रकाशशरण महतको मातहातमा सिंगो भन्सार कार्यालय परिचालित छ । तर यी दुवै संयन्त्रले अन्देखा गरेको सुन प्रधानमन्त्री मातहातको राजस्व अनुसन्धान विभाग घुसेर थुतेपछि उनीहरुमाथि प्रश्न गर्ने बलियो आधार बनेको हो । किनकि सरकारमा भएका व्यक्तिकै संरक्षणमा विगतदेखि नै विमानस्थलबाट सुनतस्करी हुने गरेको तथ्य नौलो होइन ।

अहिलेका बहालवाला मन्त्री श्रेष्ठ र महतकोे भूमिका कति छ, शंका भन्दा बढी अनुसन्धानबाट खुल्ने विषय हो । तथापी गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफुमाथिका प्रश्नलाई पन्छ्याएर गिरोहको जरैसम्म पुग्ने दाबी गरेका छन् । तर नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवासको जग्गा प्रकरणमा समेत चर्चामा रहेका ठूला पात्रसम्म अनुसन्धान पुगेकै छैन । केही पूर्वमन्त्रीबाहेक अनुसन्धान शंका गरिएका र भूमिका देखिएका मुल पात्रसम्म नपुग्नुलाई गृहमन्त्रीले बचाएका अर्थमा बुझिएको छ । यसर्थ सुनकाण्डमा पनि भरियामात्रै पक्राउ गरेको सरकार मालिकसम्म पुग्ने विषय शंकाकै घेरामा छ । जसलाई प्रतिपक्षले मुल मुद्दा बनाएको छ ।