Breaking

खोटाङमा गोरु काटेको आरोपमा पक्राउ परेका ५ जना धरौटीमा रिहा


काठमाडौँ – खोटाङमा गोरु काटेको आरोपमा पक्राउ परेका एक महिलासहित पाँच जना धरौटीमा छुटेका छन् ।

ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका खिमायाँ तामाङ, दावा तामाङ, बुद्धिमान तामाङ, मोहन तामाङ र सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–४ जुवुका हेमकुमार तामाङ हिजो रिहा भएका हुन् । उनीहरु जनही १० हजार धरौटी बुझाएर रिहा भएका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।

जलेश्वरीको रमितेमा गोरु काटेर भाग लगाइरहेको अवस्थामा उनीहरुलाई प्रहरीले गएको असार ३१ गते पक्राउ गरेको थियो ।