Breaking

हाम्रै पार्टीका सबै शुद्ध छन् भन्ने छैन : गृहमन्त्री श्रेष्ठ


काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा संलग्न रहेकालाई कारबाही गरेर छाड्ने बताएका छन् ।

गोरखामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीकै निर्देशनमा विमानस्थलका सबै निकायलाई समन्वय गरेर अगाडि बढ्ने तयारी भएको बताए ।सुशासनको पक्षमा प्रधानमन्त्रीको नेतृत्वमा सरकार दृढतापूर्वक अघि बढ्ने बताए ।

उनले भ्रष्टाचारीहरूको सञ्जाल ठुलो भएकाले आफूले अभियान चलाउनुपरेको बताए । भ्रष्टाचारविरोधी अभियानलाई रोक्ने प्रयास हुनु स्वभाविक भएको बताउँदै त्यस्ता प्रयासलाई असफल पार्ने बताए ।

गठबन्धन भित्रैबाट पनि प्रयास भइरहेको भन्ने चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘हुनसक्छ । हाम्रो पार्टी नै शुद्ध हुन्छ भन्ने छैन । नेपाली कांग्रेससहितको गठबन्धन शुद्धैशुद्ध छ भन्न सकिँदैन । तर, प्रधानमन्त्रीको नेतृत्वमा भ्रष्टाचार विरोधी अभियानलाई सफल पार्छौँ ।’ यस्तै, उनले पार्टी पुनर्निर्माणलाई पनि अगाडि बढाउनुपर्ने बताए ।

उनले भने, ‘केन्द्रीय समितिको बैठक बस्दैछौं । हामीले पार्टी शक्तिशाली कम्युनिष्ट पार्टीमा रूपान्तरणका लागि लागिरहेका छौँ । हामीले पार्टीलाई यथास्थितिमा राखेर समाजवादीको लक्ष्यमा पुग्न सक्दैनौँ । वैचारिक राजनीतिक, विधि र पद्धतिलाई समयसापेक्ष बनाउनुपर्छ ।’ वामपन्थी शक्ति निर्माणको लागि मोर्चा हुँदै एकताको प्रयास गरिरहेको बताए ।