काठमाडौँ – नेपाल शेर्पा विद्यार्थी संघले एसइई उत्तीर्ण शेर्पा विद्यार्थीहरूलाई सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रम आयोजना गर्ने भएको छ ।
विद्यार्थी संघले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको प्रमुख आतिथ्यमा काठमाडौँको बौद्धस्थित रामहिटीमा साउन १३ गते सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका कार्यबाहक अध्यक्ष छिरिङ शेर्पाले योहो खबरलाई जानकारी दिनुभयो ।
संघले वार्षिकरूमा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनको लागि प्रोसहन गर्ने उद्देश्यले आयोजना गर्ने कार्यक्रममा विभिन्न क्षेत्रमा अनुभव सँगालेका व्यक्तिहरूले करियर काउन्सिलिङ र शैक्षिक परामर्श प्रदान गर्ने अध्यक्ष शेर्पाले बताउनु भयो ।
एसईई उत्तीर्ण विद्यार्थीहरू उच्च शिक्षाको लागि के अध्ययन गर्ने, कुन विषय अध्ययन गर्ने भन्ने दुबिधामा हुने भएको हुँदा त्यसको सहजीकरणको लागि कार्यक्रम आयोजना गरेको शेर्पाले बताउनु भयो ।
शेर्पाका अनुसार यस कार्यक्रममा सहभागी हुन काठमाडौँ बाहिर रहेका विद्यार्थीहरूले अनलाइन फारम भर्न सक्ने र काठमाडौँमा रहेकाले संस्थाको कार्यालय नारायणटारमा पुगेर फारम भर्न सकिने बताउनुभयो ।
प्रतिक्रिया