Breaking

हङकङबाट तस्करी हुन लागेको अर्को क्विन्टल सुन बीचमै गायव, खोजीमा उत्रियो गृहमन्त्रालय (भिडियोसहित)


काठमाडौँ – हङकङबाट शिलशिलेबार रुपमा नेपालमा सुन तस्करी गरिरहेको गिरोह मंलबार एकसय किलो भन्दा बढि सुन बरामद भएपछि हच्किएको छ ।

यस अघिको मिसनमा कामयाबी देखिएको गिरोहको सुन पछिलो पटक पक्राउ परेपछि तस्करहरु सामसुम भएकाछन् । मंगलबार सुन नसातिएको भए अर्को लटको सामान काठमाडौं ओराल्ने तयारी थियो । तर नेपालमा सुन पक्राउ परेको खबर चुहिएसंगै नेपाल पठाउन लागिएको सुनसहतिको सामान उतै लुकाईएको छ । एक रिपोर्ट

त्रिभुवनअन्तराष्ट्रियविमानस्थलबाटमंगलबारपक्राउ परेको सुन चलचित्रको दृश्य जस्तो मध्यान्तरको हो । यहाँ सुरुमै क्विन्टलकाक्विन्टल सुन पहिलानै भित्री सकेको छ भने यो भन्दापछाडितस्करीका लागि तैनाथगरिएको सुन मंगलबारपक्राउको हल्लाले रोकिएको छ ।यति बेलाकाठमाडौं एयरपोर्टबाट सुन समातियो भन्ने मात्रै प्रश्न हैनदर्शकविन्द ।हङकङको सुविधा सम्पन्नआधुनिक टेक्नोलोजीले भरिपूर्ण चरो मुरो नछिर्ने विमानस्थल छिचोलेर सुन कसरी काठमाडौं आईपुग्योभन्ने प्रश्नपनिहो ।

सुन तस्करी प्रकरणले बुढीमरीभन्दापनिकालपल्कियो भन्ने चिन्ताबढाएको छ ।अहिले २१ वर्षिय युवालाई मोहारा बनाएर तस्कर गिरोहले पर्दा पछाडिबाटधन्दाचलाईरहेको छ । सुन तस्करी गरीरहेको रेडि ट्रेडर्सका मालिककागजमादोलखाका २१ वर्षीय दिलीपभुजेल देखिन्छन्। ज्यालामजदरी गरेर गुजारा टारेका भुजेलको कम्पनीले दुई महिनामापटक–पटक गरी झन्डै २ हजार किलोग्राम सामानआयात गरेको भन्सार विभागको तथ्याङकमा देखिन्छ ।

हालसम्मआएका सामानको प्रकृति र परिमाणएउटै भएकाले पनिविगतमाआएको सामानविशुद्ध सामाननभएर तस्करी गरिएको सुन थियो भन्ने अड्कलकाट्न मुस्किल छैन । रेडि टे«डस गिरोहले सुन तस्करीकै लागिखोलेको कम्पनीहो ।
क्याथे प्यासिफिकविमानको कार्गोबाट नेपालआइपुगेको सामानविमानस्थल गेटबाट राजश्वको टोलीले समातेको सूचनाबाहिरिँदाहङकङबाट नेपालआउनलागेको ‘रेडी ट्रेड्स’को दोस्रो लटको १५२ केजी सामानउतै गायबबनाईएको छ ।सामान्यमजदुरलाई १ अर्वको सुन तस्करीमा जागेर पर्दा पछाडिकामुखुण्डो धारीहरु गुमनामछन् ।

नेपालमामात्रै नभएर हङकङमा समेत सहजपहुँचविस्तार गर्न सक्ने तस्कर चानचुने मामुलीभुर्रा माछाहोइन् । देश विदेशकै विमास्थलकव्जा गरेर निवार्द रुपमाक्विन्टल सुन भित्र्याउन सक्ने तस्करलाई सरकारले अब कठाल्नो समात्न सक्नुपर्छ ।त्यति गरेपछिमात्रै तस्करहरु काहालिन्छन् नभएछोरी कुटेरे बुहारी तर्साएजस्तो गरी भरिया समातेर मालिकतर्साउने हो भने अहिले एकसयकिलो मात्रै छिरेको छ । यो गिरोहलेताकपरे हजार किलोनै एकै पटकछिराउन बेरछैन ।

अबको यो सुन प्रकरणको अनुसन्धानको दायरा फराकिलो हुनुपर्छ ।त्रिभुवनविमानस्थलकाठमाडौं बाटहङकङसम्मको नेक्सेस देखिएकाले सुनकाण्डको अनुसन्धानहङकङसम्मपुग्नु पर्छ । सरकारले साँच्चै छातिमाहात राखेर खोज्ने हो भने चुड्किको भरमातस्करका मालिकपक्राउ पर्छन् । उदाहरणकालागिहङकङबाट सुन सहितको सामानकसले कार्गो गर्यो ?

तस्करको गोदामबाट सुनको भारीविमानस्थलमाकसले पुर्यायो?यीदुईटाविषयको खोजी गरेर अुनसन्धानअगाडिबढाउने हो भने पनितस्करका मालिकाछिनघरीमापत्तालाग्छन् तर अहँ ।, शक्ति र पहुँचको भरमा राज्य संयन्त्रकै संरक्षण यस्ता गतिविधिहुने भएकाले पनि सरकार भरसक यो बाटो समात्दैन् ।भलै भरीयानै सहितथापीप्रधानमन्त्रीप्रचण्डले अहिले जुनआँट गरेर सुन र केहीथानमान्छे समाते अब यसको हांगमामात्रै नड्किएर जरामापुगेर अनुसन्धानगरुन् ।

फेरि पनिविगतमा जस्तो भरिया समातेर मालिकउम्काउने खेल नहोस् । हालसम्म नेपालमाभएका सुनकाण्डमा भरिया भन्दामाथि अनुसन्धानअगाडिबढेको देखिदैन् । यो क्विन्टलप्रकरणपनिअहिले समातिएका १० भाईमामात्रै सिमितनहोस ् ।यी १०भाईलाई भरीयाबनाएरबर्षौ देखिको तस्करीको चेन अब सरकारले तोड्नुपर्छ ।नभएर देशलाइटाटपल्टाएर तस्कर गर्ने व्यक्ति सधै मोटाउने अनिदेश आर्थिक मन्दीको चपेटामा परिरहने अवस्थाहुनसक्छ ।