Breaking

देउवा-गगनको जुहारी, कांग्रेस भ्रष्टाचारीको पार्टी हो ? (भिडियोसहित)


काठमाडौँ – संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आफुलाई लोकतन्त्रको हिमायती मान्ने गरेका छन् । तर, कांग्रेस नेताहरूको आचरण लोकतान्त्रिक देखिदैन । लोकतान्त्रिक मुख्य मान्यतामाथि नै प्रश्न उठ्ने गरी कांग्रेस नेताहरू अभिव्यक्ति दिन पछि पर्दैनन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तारुढ दलकै प्रभावशाली नेता पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि नेपाली राजनीतिमा हलचलको स्थिति बन्यो । कांग्रेस नेताहरूले सभापति शेरबहादुर देउवालाई चर्को दबाब मात्रै दिएनन्, सार्वजनिक रुपमै प्रतिरक्षामा उत्रिए । आफ्नै विश्वास पात्र खाँण पक्राउको देउवाले न विरोध गर्ने स्थिति रह्यो न त समर्थन नै । यध्यपी देउवा मौन भएको अहिलेको अवस्थामा कित सत्ता कित बलकृष्णलाई रोज्नु पर्ने भन्दै बैठकमै आवाज उठेको छ ।

देउवाले अहिलेसम्म खाँण प्रकरणमा मुख खोलिसकेका छैनन् । तर, नेताहरूले खाँण पक्राउको विषयलाई केन्द्रीय समितिमै प्रवेश मात्र गराएनन् कि, देउवा समुहका नेता माहामन्त्रीहरु माथि आँगो ओकलिरहेकाछन् । काग्रेस नेता अर्जुन नरसिंह केसीले ललिता निवास र नक्कली भुटानी शरणार्थी प्रकरणलाई इंगित गर्दै नेतृत्वले भ्रष्टचारीलाई काँध हाले आगामी निर्वाचनमा पत्ता साफ हुने चेतावनी दिए ।

त्यसो त खाँणको विषयमा पनि कांग्रेसमा दुईथरी तर्क छ । संस्थापन पक्षले खाँणको बचाउ गरिरहँदा शेखर कोइराला–गगन थापा पक्ष भने केन्द्रिय सदस्यबाटै हटाउनु पर्ने पक्षमा छन् । आफुलाई लोकतन्त्रको हिमायती र कानुनी राज्यको वकालत गर्ने कांग्रेस बैठकमा पनि तरुण नेताको शैलीमा बरिष्ठ नेता दाबी गरीरहेका देउवा पक्षका गोपालमान श्रेष्ठले खाँणलाई बचाउन सकिने अवस्था रहदा रहदै पार्टीले किन बचाएन भन्दै अदालतको विषयमै प्रवेश गरी प्रश्न उठाए । जुन प्रश्नले कांग्रेस आफै उदांगो भएको छ ।

भ्रष्टचारीलाई बुईबोक्ने कांग्रेस नेताहरूको यस्ता भनाइले आम जनतामा सकारात्मक सन्देश गएको छैन । तरुण पृष्ठ भूमीबाट उदाएका खाँणको बचाउँमा अहिले उनकै पदचाप पछ्याएका हरु गृहमन्त्रीले निसाना बनाएको भन्दै खुलेरै बचाउँमा उत्रिएकाछन् । यसले पार्टीभित्र र बाहिर बदनाम हुनेबाहेक अन्य केही गर्ने छैन । तर, कांग्रेस नेताहरूलाई यसको मतलव छैन । अरु उनीहरू खाँणलाई जेल पठाएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्न अघि सरेका छन् ।

कांग्रेसले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरेको छ । तर, आफै सहभागी सरकारले नक्कली शरणार्थी प्रकरणको फाइदा खोल्दा नेता जेल परेपछि भात खाउँ कि थाल भन्ने स्थिति बनेको छ । राजनीतिक संरक्षणमा दोषीले उन्मुक्ति पाउँदै आएको भन्दै जनआक्रोश चुलिएको छ । अदालतको आदेशबाट थुनामा रहेका खाणको पक्षमा कांग्रेस नेताहरूले दिएको अभिव्यक्तिले स्वयं कांग्रेसमाथि नै प्रश्न खडा गरेको छ ।