काठमाडौँ – भारतसँग समूह चरणको हारको बदला लिँदै पाकिस्तानले एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ । पाकिस्तानको यो लगातार दोस्रो उपाधि हो । सन् २०१९ मा बंगलादेशलाई हराउँदै उपाधि हात पारेको थियो ।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा भएको खेलमा भारत ए लाई १२८ रनले पारजित गर्दै उपाधि हात पारेको हो । ३५३ रनको विशाल लक्ष्य पछ्याएको भारत ४०औ ओभरमा अलाउट हुँदै २२४ रनमात्र बनायो ।
भारतका लागि अविशेक शर्माले सर्वाधिक ६१ रनको योगदान गरे । यस्तै कप्तान एस धुलले ३९ रन बनाउँदा ओपनर साइ सुदर्शन २९ रनमा आउट भए । त्यस्तै रियान प्रयागले १४, हर्षित रानाले १२ तथा निशान्त सन्धुले १० रन बनाए ।
भारतलाई सस्तैमा समेटन् पाकिस्तानका सफियान मुकिमले ३ तथा अर्सद इबाल, मेहरान मुताज र मोहम्द वासिमले समान २र२ विकेट लिए । यस्तै मुस्बिर खान तथा मोहम्मद वासिमले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पास्किताले पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभर ८ विकेट गुमाउँदै पाकिस्ताले ३५२ रनको योगफल बनायो। पाकिस्तानका लागि तैयव तहिरले शतकीय इनिङ्स खेले । ७१ बलमा खेलका उनले १२ चौका र ४ छक्काको सहयोगमा १०८ रन बनाए ।
ओपनर साइम अयुबले ५९ रन बनाएर मैदान फर्किए भने अर्का ओपनर सहिबज्याद फर्हानले ६५ रन जोडे । ओमैर युसुफ ३५ रन जोडेर मैदानबाट बाहिरिए । मोहम्मद वासिम जुनिर ३५ रन जोडेर मैदानबाट बाहिरिँदा अन्य खेलाडी सस्तैमा समेटिए ।
भारतका लागि राजवर्धन हैंगरगेकर र रियान परागले सर्वाधिक २–२ विकेट लिए भने, हर्शित राना, मानव सुथार र निसान्त सिद्धुले समान १–१ विकेट लिए । यसअघि दुवै समूह समूह चरणको अन्तिम खेलमा आमनेसामने भएका थिए । कोलम्बोमै पाकिस्तानको टोली पहिले ब्याटिङ गर्दै २०५ रन बनाएर अलआउट भएको थियो। यो खेलमा भारत ८ विकेटले विजयी भएको थियो ।
पाकिस्तानले सेमिफानलमा घरेलु टोली श्रीलंकालाई ६० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने भारतले बंगलादेशलाई ५१ रनले हराएर पाकिस्तानसँगको भेट पक्का गरेको थियो ।
इमर्जिङ एसिया कप पहिलो पटक २०१३ मा खेलिएको थियो । सूर्यकुमार यादवको कप्तानीमा भारतले फाइनलमा पाकिस्तान–एलाई पराजित गर्दै उपाधि जितेको थियो । सन् २०१७ र २०१८ मा श्रीलंका–एले पाकिस्तान–ए र भारत–एलाई हराएर लगातार २ पटक उपाधि जितेको थियो । पाकिस्तान–ए टोली सन् २०१९ मा च्याम्पियन बनेको थियो ।
प्रतिक्रिया