Breaking

स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छः मन्त्री ज्वाला


काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधन अनुमति पत्रको (स्मार्ट लाइसेन्स) समस्या चाँडै समाधान गर्ने बताउनुभएको छ । आईतवार सार्वजनिक सवारीसाधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लाइसेन्स स्मार्टकार्डको समस्या चाँडै समाधान गर्ने र मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनु भयो ।

उहाँले यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरिसकेको बताउनु भयो । उहाँले इम्बोस्ड नम्बर प्लेट जडान गर्नेकुरामा पनि बेवास्ता गर्नु नहुने बताउनु भयो । उहाँले यातायात व्यवस्था कार्यालय, विभागमा झन्झट व्यहोर्नु नपर्ने, दुःख पाउनु नपर्ने कुरामा सरकारले पहल गरिरहेको बताउनु भयो । उहाँले सार्वजनिक यातायातमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको शुरुवात हुनु महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले चालक, सहचालकहरुले राम्रो व्यवहार र बोलीले नै यात्रुहरु खुशी हुने बताउनु भयो । उहाँले यस अभियानले यात्रुमैत्री सार्वजनिक यातायात हुने अपेक्षा लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लाइसेन्स स्मार्टकार्डका बारेमा धेरै गुनासाहरु छन् । हामी यो समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने र स्मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी हामीले तयारी गरेका छौँ । यसको लागि छलफल पनि गरेका छौँ । मुख्य रुपमा हामी लाइसेन्समा नै केन्द्रित छौँ, यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरेका छौँ । त्यो लागू गर्नेछौँ । इम्बोस्ड नम्बर प्लेट जडान गर्नेकुरामा रुची देखाउनुपर्छ, बेवास्ता गर्ने होइन, त्यसलाई अनिवार्य पनि बनाउनुपर्छ । सरकारको महत्वपूर्ण आयोजनाको रुपमा अघि बढेको यो कार्यक्रम सफल बनाउनुपर्छ । यातायात व्यवस्था कार्यालय, विभागमा झन्झट व्यहोर्नु नपर्ने, दुःख पाउनु नपर्ने कुरामा हामीले पहल गरिरहेका छौँ, यसका लागि हामी सबै मिलेर अघि बढुनुपर्छ । एउटा महत्वपूर्ण अभियानको शुरुवात गरेका छौँ, सार्वजनिक यातायात भनेको जनताका यातायात हुन् ।

आम जनताले उपभोग गर्ने सवारी साधनहरु सफा हुनुपर्छ, चालक, सहचालक, कर्मचारुहिरुले ड्रेल लगाउने कुरा, परिचयको निम्ति पनि राम्रो हुन्छ, परिचय पत्र लगाउने कुरा हामीले अभियानको रुपमा अघि बढाएको छौँ । यो महत्वपूर्ण छ । सार्वजनिक यातायातमा सरसफाईको अभियान पनि हामीले शुरु गरेका छौँ । अनुशासन पनि मुख्य कुरा हो । बोली व्यवहार राम्रो हुनुपर्छ । सबैभन्दा धेरै मानिससँग सम्पर्कमा रहने व्यक्ति सबैभन्दा धेरै अनुशासनमा हुनुपर्छ । यात्रुमैत्री व्यवहार, बोली हुनुपर्छ । चालक, सहचालकहरुको बोलीका कारण पनि कति साथीहरुले नराम्रो झमेला व्यहोर्नुभएको छ । यसमा यातायात व्यवस्था विभाग, महासंघले प्रशिक्षणका कार्यक्रम अघि बढाउनुपर्छ । मन्त्री ज्वालाले चालक, सहचालकहरुको बोलीका कारण पनि कतिपय यात्रुहरुले झमेला व्यहोर्नुपरेको भन्दै यसमा यातायात व्यवस्था विभाग, महासंघले प्रशिक्षणका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।