काठमाडौँ– लघुवित्त संस्था विरुद्धको संघर्ष समितिले विभिन्न माग राख्दै आजपनि प्रर्दशन गरेका छन् । हिजो राष्ट्रबैंक घेराउ गरेका पीडितले आज सिंहदरबार घेराउ गरेका हुन् । उनीहरूले नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न तथा समाजवादी अर्थतन्त्रको विकास गर्न माग गरेका छन् । उनीहरुले राष्ट्रबैंकका गर्भनरको पनि राजिनामा माग गरेका छन् । सात महिनादेखि उनीहरूले आन्दोलन गर्दै आए पनि सरकारले समस्या समाधान गर्न सकिरहेको छैन । यसबीचमा केही वित्तीय संस्थाका संचालकलाई पक्राउ गरे पनि बचतकर्ताको रकम फिर्ता भने हुन नसक्दा पीडितहरू आन्दोलित बनेका हुन् ।।
Breaking


प्रतिक्रिया