Breaking

वीपीको नाम भजाएर कति दिन चल्छ कांग्रेस ? बोलीमा वाहवाही, व्यवहारमा शून्यता


काठमाडौँ — नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस मनाईएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि संघर्ष गरेका कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो भने विसं २०३९ साउन ६ गते निधन भएको थियो । नेपाली कांग्रेसका संस्थापक कोईरालाको नेपाली राजनितिमा अतुलनिय योगदान छ ।
विश्वेश्वरप्रसाद कोइराला नेपाली कांग्रेसका संस्थापक मात्रै होइनन्, उनी राजनीतिक उतारचढावको पर्यायका पात्रसमेत हुन् ।

उनलाई के कांग्रेस के कम्युनिष्ट सबैले आदर्शको रुपमा हेर्न गर्छन् । राजनीतिमा मात्रै नभई साहित्यतर्फसमेत महत्वपूर्ण योगदान पुर्याएका उनै विश्वेश्वर प्रसाद कोइराला अर्थात सवैले चिन्ने बीपी कोइरालाको ४२ औँ स्मृति दिवस पनि मनाईएको छ । नेपाली राजनीतिको ईतिहास बनेका कोइरालाको अहिले पनि उत्तिकै चर्चा हुने गर्छ । प्रजातन्त्र प्राप्तीका लागि उनको संघर्षको व्याख्या गर्न अहिले पनि सबै राजनीतिक शक्तिहरु पछि पर्दैनन् । दुरदर्शी र परिपक्व नेताको छवी बनाएका बीपीको विचारलाई नेपाली कांग्रेसका नेताहरुले यसरी सम्झन्छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समिति वैठक चल्दै गर्दा पार्टीभित्र गुटगत राजनीतिको खाडल पुर्न लामै समय लाग्ने प्रष्ट देखिन्छ । यसबारे केन्द्रीय समिति वैठकमा जोडतोडले उठेको छ । वैठक चल्दै गर्दा नेताहरु एक–अर्कालाई हिलो छ्यापाछ्यापमै उत्रिए । यस्तोमा मेलमिलापको नीति नै बोकेर राजनीति गरेका बीपीको मार्गमा अघि बढ्ने प्रतिवद्धता जनाउन पछि नपर्ने नेताहरु आज पनि वीपीको मार्ग समाउन भने सकिरहेका छैनन् । एउटै पार्टीभित्र पनि गुटगत राजनीतिले ग्रस्त भईरहेको समयमा एकताका सुत्रधार एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको योगदानबारे पूर्वसभामुख तारानाथ रानाभाट यसरी सम्झन्छन् ।

१९७१ भदौ २४ गते जन्मिएर २०३९ साउन ६ गते निधन भएका कोइराला २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ मा प्रधानमन्त्री बनेका थिए । नेपालमा मात्र नभई विश्वभर नै उच्च छवि बनाएका एक महान् राजनीतिज्ञ हुन्, वीपी कोइराला । नेपाली कांग्रेस पार्टीका संस्थापक नेता कोइराला आफ्नो जीवनभर प्रजातन्त्रका लागि लडिरहे । दूरदर्शी नेता कोइरालाको आदर्श, विचार र सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ ।

विपी कोइरालाले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ । नेपाल र नेपालीका लागि वीपीले थुप्रै विचार, नीति तथा सिद्धान्त छाडेर गएका छन् । जुन नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ । ती नीतिहरू अहिले लागू गर्न सकियो भने मात्र पनि देशको कायापलट हुन समय लाग्दैन । तर विडम्बना स्मृति दिवसमा मनाईरहँदा, उनले जीवनभर प्रजातन्त्रका लागि भन्दै लडेर स्थापना गरेको पार्टी नेपाली कांग्रेसलेसमेत वीपीको नीति लागु गर्न सकिरहेको छैन ।