Breaking

तस्कर गृहमन्त्री भन्दै खनियो एमाले, आफ्ना नेता जेल जाने डरले अत्तालिए ओली


काठमाडौँ — भ्रष्टचार प्रकरणका ठुला फाइल खोल्दै जनताको मन जितिरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख प्रतिपक्ष नेकपा एमालेको आँखाको तारो बनिरहेका छन । नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा हिनामिना प्रकरणमा राजनीतिक स्वार्थको भाष्य निर्माण गर्दै गृहमन्त्री विरुद्ध खनिएको एमालेजन सय किलो सुन प्रकरणमा गृहमन्त्रीलाई दोषी नै करार गर्न उत्रिएका छन ।

भ्रष्टचाविरुद्ध शुन्य सहनशीलताको सिद्धान्त सहित अघि बढेको गृहमन्त्री नारायणकाजी श्रेष्ठ भ्रष्टचार विरुद्ध थप आक्रमक भईरहेका छन । बहुचर्चित भ्रष्टचार प्रकरणहरुको फाइदा खोल्दै चारैतरि चर्चा बटुली रहेका छन । तर बुधवार साँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कडा सुरक्षा, भन्सार चेकजाँचको घेरा समेत पार गर्दै सिनामंगलमा एक क्वीन्टल सुन बरामदको घटनाले राष्ट्रिय राजनीति तरंगित छ भने गृहमन्त्री नारायणकाजी श्रेष्ठ एमालेको निसानामा परे । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले यो घटनामा गृहमन्त्री श्रेष्ठलाई नै दोषी करार गर्न लागिपरेका छन । एमालेले भातृ संगठन युवा संघलाई मसाल जुलुस नै निकालेर राजीनामा माग्न लगायो ।

यसअघि कोशी प्रदेश नामाकरण गर्दा पहिचानवादीको एमाले पर्दा पनि सुरक्षाका विषयलाई लिएर एमालेका नेताहरुले उनै गृहमन्त्री श्रेष्ठमाथि खनिएका थिए । कोशीको सुरक्षालाई लिएर पनि एमालेले त्यसबेला पनि गृहमन्त्री श्रेष्ठको स्पष्टीकरण मागेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना पार्टी सचिव र ललिता निवास जग्गा हिनामिना प्रकरणमा राजनीतिक स्वार्थको भाष्य निर्माण गर्दै गृहमन्त्रीविरुद्ध खनिएको एमाले अहिले सय किलो सुन प्रकरणमा टेकेर गृहमन्त्री श्रेष्ठको राजीनामा माग्नेदेखि यो प्रकरणमा गृहमन्त्री नै दोषी हो भन्ने भाष्य खडा गर्न उद्धत देखिन्छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव नै जेल चलान भएको घटनाले एमालेका नेताहरु रन्थनिएका छन् । पार्टी सचिव टोप बहादुर रायामाझी जेल जाँदा पनि एमालेले गृहमन्त्री श्रेष्ठको आलोचना गरेको थियो । अनेक राजनीतिक प्रपञ्च रच्दा समेत आफ्नो नेता जोगाउन नसकेको धंङधङगीमा रहेको एमाले ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका सत्तारुढ दलका ठुला नेताहरु गठबन्धनले नै जोगाएको आरोप लगाउँदै आएका छन ।

ठुला भ्रष्टचार प्रकरणको फाइल खोलिनुलाई राजनीतिक स्वार्थको भाष्य निर्माण गर्न लागि परेको छ भने सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठको कामलाई राजनीतिक स्टन्टबाजीको संज्ञा दिइदै आएका छन । एमाले अध्यक्ष के.पी शर्मा ओली त गहृमन्त्री श्रेष्ठलाई हरेक सार्वजनिक मञ्चमा समय लिएर गाली नै गर्ने परम्परा नै थालेका छन ।

ठुला भ्रष्टचारका फाइल खोलेर जनताको वाहवाही पाईरहेका गृहमन्त्रीलाई हुल नै बाँधेर खेदो खन्ने काम एमालेबाट भईरहेको छ । भ्रष्टचारविरुद्ध प्रधानमन्त्री र गृहमन्त्री कडा रुपमा प्रस्तुत भएपछि एमालेजन अत्तालिएको माओवादी नेताहरुको दावी छ । ठुला भ्रष्टचारको फाइल खोल्न थालेपछि एमालेमा छटपट्टी सुरु भएको नेताहरुको तर्क छ ।

गठबन्धनको चर्को विरोध गरेरै सत्ता समिकरण फेर्ने होडमा लागेको एमाले, सरकारले एकपछि अर्को भ्रष्टचारको फाइल खोल्दा समिकरण फेरबदलको जड नपाएपछि अझ एमालेले उठाएका हरेक एजेन्डामा सरकारले मुख नै बन्द गर्ने कामहरु अघि बढाएपछि अहिले प्रचण्डविरुद्ध वा सरकार विरुद्ध भन्दा मन्त्री विरुद्ध खनिन सुरु गरेको छ ।

भ्रष्टचारको जालो सफा सुरु गर्न थालेपछि गृहमन्त्री एमालेको निशानामा परिरहेका छन । दोषीलाई दण्ड दिन रचनात्मक प्रतिपक्ष बन्नु पर्नेमा गृहमन्त्रीकै खेदो खनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नै ओहोदा घटाईरहेको छ ।