Breaking

कांग्रेसको वैठकले तर्सिए कम्युनिष्ट, देउवाका अघि ओली र रवि नै पछि परे


काठमाडौँ — सदनको सबैभन्दा ठूलो एवम् सत्ता साझेदार दल नेपाली कांग्रेसले पार्टी सुद्धिढिकरण र राष्ट्रिय राजनीतिबारे ४ दिनदेखि छलफल गरिरहेको छ । वैठकमा बोल्ने अधिकांश नेताहरु एजेन्डामा मात्रै केन्द्रीत छैनन्, आफूलाई लागेका विषयहरुलाईसमेत उठान गरिरहेका छन् । कतिपय नेताहरुले अरु राजनीतिक दलहरुबारेसमेट टिप्पणी गरेका छन् । ४ दिनदेखि नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यलय सानेपामा छलफल गरिरहेको छ ।

केन्द्रीय समिति वैठकका लागि विभिन्न १० एजेन्डा तय गरिएको छ । तर, अधिकांश केन्द्रीय सदस्यहरुले एजेन्डा केन्द्रीत धारणा मात्रै राखिरहेका छैनन् । नेताहरुले आफ्नो पार्टी र अरु राजनीतिक शक्तिहरुबीचको तुलनात्मक बहस गरिरहेका छन् । वैठक चल्दै गर्दा कांग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक रमेश लेखकले प्रतिपक्षी दलहरुको चरित्र चित्रण नै गरे । उनले एमालेलाई आक्रामक, अधैर्य तर परिपक्व प्रमुख प्रतिपक्षको संज्ञा दिए भने रास्वपा र राप्रपालगायतको नाम नलिई आक्रामक, अधैर्य र अपरिपक्व शक्तिको संज्ञा दिए ।

संसदको सबै भन्दा ठुलो शक्ति हुँदाहुँदै पनि सत्ताको तालाचाबी तेस्रो ठूलो राजनीतिक शक्ति माओवादी केन्द्रलाई सुम्पिएकोमा कांग्रेसका नेताहरु सन्तुष्ट छैनन् । यस्तो हुनुमा विशेषगरी सभापति शेर बहादुर देउवा प्रतिपक्ष दलदेखि पार्टीभित्रै चरम विरोध खेप्दै आएका छन । आफैं सरकारमा हुँदासमेत कांग्रेसका केही नेताहरु वर्तमान सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रप्रति आक्रामक रुपमा उत्रिए ।

त्यसो त माओवादीसहित गठबन्धनबाट चुनाव लडेको कारणले आफूहरु पहिलो दल बन्न सकेकोमा केही नेताहरु सकारात्मक देखिए । तर, केही नेताहरु अहिले आफूहरु संघीय र प्रदेशको सरकारमा भए पनि माओवादीको छायाँ बनेको टिप्पणी गरेका छन् । वैठकमा बोल्दै टेकबहादुर गुरुङले चितवनमा सीडीओ कार्यालयदेखि क्यान्सर अस्पतालसम्म सबै माओवादी केन्द्रको कब्जामा रहेको बिफ्रिङ गरे ।

माओवादीसँग चुनावी गठबन्धन गरेर पहिलो शक्ति बनेकोमा कांग्रेसजन केहि सकारात्मक देखिए पनि, सदनको ठुलो दल कांग्रेस तेस्रो शक्ति माओवादीको छायाँ बनेको भन्दै केन्द्रिय नेताहरुले असन्तुष्ट पोखेका हुन् । नेताहरुको अभिव्यक्ति सुन्दा लाग्छ, माओवादी प्रति कांग्रेस अझै सकरात्मक बन्न सकिरहेको छैन । राष्ट्रिय राजनीतिमा गठबन्धन गरेर अघि बढ्दा आफूहरु घाटामा रहेको कांग्रेसले बताईरहँदा सत्तारुढ दल माओवादी केन्द्रका नेता भने यसो भन्छन् ।

उसो त, नेपाली कांग्रेसको केन्द्रीय समिति वैठकलाई कांग्रेस वृत्तले मात्रै चासोका साथ हेरेको छैन । के कांग्रेस, के कम्युनिष्ट या के समाजवादी शक्ति, सबैले कांग्रेस वैठकमा कसले कुन एजेन्डा उठाईरहेको छ, चासोपूर्ण रुपमा हेरिरहेका छन् । यस्तोमा कांग्रेसको केन्द्रीय समिति वैठकको प्रत्यक्ष प्रशारण हेरेपछि कम्युनिष्ट नेता वामदेव गौतम यो लाकतान्त्रिक पद्धतिलाई अरु राजनीतिक शक्तिहरुलेसमेत आत्मसाथ गर्नुपर्ने पक्षमा छन् ।

सबैभन्दा ठूलो राजनीतिक दल हुँदाहुँदै पनि राष्ट्रिय राजनीतिमा अरु दलहरुसँग प्रतिष्पर्धात्मक राजनीति गर्न नसकेकोमा नेतृत्वप्रति कांग्रेस नेताहरु रुष्ट छन् । केही नेताहरुले अरु राजनीतिक दलहरुप्रति आक्रोश पोख्ने थलोको रुपमा केन्द्रीय समिति वैठकलाई बनाउँदा धेरैजसो नेताहरुले भने अरुलाई मात्रै गाली गरेर नहुँने, सुधारको प्रयास आफूबाटै गर्नुपर्ने बताएका छन् ।

तय भएका एजेन्डाबाहेक अरु राजनीतिक दलहरुकोसमेत विमर्ष गरिरहेका कांग्रेसीहरुको व्यवहार केन्द्रीय समिति वैठकपछि सुध्रिन्छ या, गुटगत राजनीतिमै रमाउने देनिकी सुरु हुन्छ, यो विषय उनीहरु आफैंले मनन गर्ने कुरा भयो ।