Breaking

कांग्रेसी नै शेरबहादुर र गगन भिडाउँदै, नीति र योजनामा होइन एकले अर्कालाई खुईंल्याउनै व्यस्त


काठमाडौँ — केन्द्रीय कार्यलय सानेपामा जारी कांग्रेस केन्द्रीय समिति वैठकमा नेताहरु व्यक्तिगत स्वार्थका विषयसमेत वैठकमा राख्न पछि परेका छैनन् । १० वटा राजनीतिक एजेन्डा नै तय गरेर बैठक बसे पनि, एक वर्ष कुरेर आफ्नो धारणा राख्न पाएका केन्द्रिय सदस्यहरु वैठकमा मुद्धा केन्द्रित भन्दा गुटगत आरोप–प्रत्यारोप र व्यक्तिगत तुष पोख्नै व्यस्त बनेका छन । सबैभन्दा पुरानो संसदीय राजनीतिक शक्ति नेपाली कांग्रेस गुट र उपगुटको रोगले ग्रसित बनेको लामै समय भयो । गुट–उपगुटको राजनीति कहाँसम्म पुगेको छ भन्ने सानेपामा जारी केन्द्रीय समिति वैठकमा समेत छताछुल्ल भएको छ ।

विगतका केन्द्रीय समिति वैठकमा नेताहरु घण्टौ बोल्ने, तथानाम गालीगलौजमै उत्रन्थे । तर यो पटक उक्त परम्परा तोड्दै केन्द्रिय समिति वैठकमा सदस्यहरुले जम्मा ७ मिनेट बोल्न पाउने र त्यो पनि प्रत्यक्ष प्रशारणको सुरुवात गरे । नयाँ अभ्यासमा जाँदा वैठक व्यवस्थित ढंगले चलिरहेको देखिन्छ । प्रत्यक्ष प्रशारण, छोटो समय । तर पनि एकले अर्कालाई खुल्याउने प्रवृत्ति हावी देखियो । वैकठमा केन्द्रिय सदस्यहरु आफ्नो धारण राख्दा मुद्धाकेन्द्रित कम, गुटगत आरोप–प्रत्यारोप र व्यक्तिगत तुष पोख्न समेत उदत्त छन ।

विधानमा व्यवस्था नै नभएको वरिष्ठ नेताको व्यवस्था गर्न गोपालमान श्रेष्ठ र शेखर कोइराला उत्रिएका छन । पार्टीको वैठकमा सैद्धान्तिक बहस भन्दा मन्त्री हुन नपाएकाहरु मन्त्रीको विरोधमा देखिए भने नेतृत्वलाई खुल्याउन कुनै कसर बाँकी राखेन्न । कोशी प्रदेशको मुख्यमन्त्रीका सवालमा कांग्रेस नेताहरु नै वादविवादमा उत्रिएका छन । केन्द्रिय समिति वैठकमा मुख्यमन्त्रीको वैधानिकतामाथी केन्द्रिय सदस्यहरुबीच सवाल–जवाफ नै भएको छ ।

वैठकको चौथो दिनसम्म आइपुग्दा यो शैली थप बढेको छ । शुक्रवार, संधै महामन्त्रीद्धयसँग जुध्दै आएका पार्टी सभापति पत्नी समेत रहेकी केन्द्रिय सदस्य आरजु राणाले महामन्त्रीहरुको राजनीतिक प्रतिवेदन दुरगामी नभएको भन्दै एनजिओको वीसलिष्ट जस्तो भएको बताईन ।

केन्द्रिय सदस्य प्रदिप पौडेलले विभिन्न समयमा भएका घटनाले पार्टी संकटमा पुगेको बताएका छन । पार्टीको संकट पार लगाउन सिटामोलले नपुग्ने, सर्जरी नै गर्नुपर्ने तर्क गरेका छन । पौडेलले गणतन्त्र घोषणापछि उच्च पदस्थका सम्पत्ति र भ्रष्टाचार काण्ड छानबिन गर्न माग गरेका छन ।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँण निकट केन्द्रिय सदस्य जित जंग बस्नेतले बालकृष्ण खाणलाई पक्राउ गरेकोमा गृहमन्त्रीलाई धन्यवाद दिन जाने कांग्रेस केन्द्रीय सदस्यहरूले नारायणकाजी र महराको विरोध गर्ने आँट नदेखाएको बताए ।

निर्वाचनदेखि सरकारको समेत समिक्षा गर्दै भावी राजनीतिक रणनीति तय गर्न बसेको कांग्रेस वैठक गुटगत आरोप–प्रत्यारोपदेखि व्यक्ति तुषमा अल्झिएको छ । एजेन्डा माथी छलफल चले पनि निचोड केन्द्रित हुनेमा शंका बढेको छ । वर्षदिन पछि बसेको वैठक केवल औपचारिकता सिद्ध हुने शंका समेत बढेको छ ।