Breaking

बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न प्रहरी परिचालन


काठमाडौँ– बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएको छ । अहिले एक सय ५० हाराहारीमा प्रहरी त्यता पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाका फोहोर विसर्जन हुन सकेको छैन । यसअघिको सम्झौता कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन् । जसका कारण काठमाडौंको फोहोर विसर्जन हुन सकेको छैन ।