Breaking

प्रधानमन्त्री दाहाल भोलि शनिबार इटाली जाने


काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि शनिबार बेलुका इटाली जानुहुने भएको छ। युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्टको कार्यकममा भाग लिन प्रधानमन्त्री दाहाल साउन ६ गते इटाली जान लाग्नु भएको हो । दाहाल इटालीबाट साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री दाहालको भ्रमण दलमा २० सदस्य रहनेछन्।