Breaking

महामन्त्रीहरुले पेश गरेको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो छ: आरजु राणा


काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विभिन्न समयमा भएका घटनाले पार्टी संकटमा पुगेको बताउनुभएको छ । आज कांग्रेस केन्द्रीय समिति बैठकमा उहाँले संकट पार लगाउन ’सिटामोल’ ले नपुग्ने, सर्जरी नै गर्नुपर्ने बताउनुभयो । लामो समयदेखि पार्टीमा भएका विभिन्न घटनाले पलायनता, निष्कृयता र विद्रोहको मानसिकता देखिन थालेकोले यो स्थिति अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो ।

यस्तै उहाले पार्टीलाई रूपान्तरण गरेर लैजानुपर्ने बताउनुभयो । यस्तै आरजु राणाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो भएको टिप्पणी गर्नुभएको छ । उहाँले दूरगामी प्रभाव पार्ने वा देशलाई हाँक्ने योजना महामन्त्रीको प्रतिवेदनमा नदेखेको उहाँले बताउनुभयो । महामन्त्रीको प्रतिवेदन राजनीति दस्तावेज पनि हुन्छ होला भनि सोचेंको तर त्यस अनुसार नआएको उहाँकोे गुनासो छ ।।
०००