Breaking

सुन प्रकरण : एमाले भन्छ गृहमन्त्री नारायणकाजी दोषी, महरलाई किन उन्मुक्ति


काठमाडौँ — जनताले झोलामा वोकेको सियो समेत थाहा पाउने विमानस्थलबाट क्वीन्टल परिमाणको सुन बाहिरिए पछि विभिन्न कोणबाट चर्चा सुरु भएको छ । प्रधानमन्त्रीमातहत रहने राजस्व अनुसन्धान विभागले सुन बरामद गरे पनि अन्तराष्र्टिय विमानस्थलको सुरक्षामा खटिनेहरु माथि प्रश्नभने उठेको छ ।

जहाँ बारम्बार अवैध सुन भित्रिनुमा तस्करहरुको उच्चस्तरसम्मै सम्बन्धका रुपमा समेत हेरिएको छ । विद्युतीय चुरोटमा अवैध सुन भित्र्याएको प्रकरणमा अनुसन्धानजारी रहेकै वेला वुधवार काठमाडाँको सिनामंगलबाट १५५ किलो सुन बरामद भएको छ । हङ्कङबाट ल्याइएको भनिएको उक्त परिमाणको सुन विमानस्थलबाट बाहिरिए लगत्तै राजस्व अनुसन्धान विभागले बरामद गरेको हो ।

अर्थात कडा सुरक्षा घेरा रहने विमानस्थलबाट सहजै पास भएको उक्त सुन भन्सारको गेट समेत पास भैसकेको अवस्थामा राजश्वको टोलीले छापा मारेर सुन बरामद गर्न सफल भएको हो । जवकि बाहिर त्यसको हल्ला फैलिसक्दा समेत सुन आएको बारे त्रिभुवन विमानस्थल भन्सार कार्यालय र विमानस्थल सुरक्षाकार्यालय भने वेखवर नै थिए ।

भिडियो