Breaking

सुन प्रकरणमा विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ


काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनिया नागरिक पक्राउ परेका छन् ।​ ​तिब्बतीयन एयरलाइन्सबाट चीन जान लागेका जेयुङ लिनलाई पक्राउ गरी राजस्व अनुसन्धान विभागमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । हिजो बुधबार हङकङबाट स्कुटरको ब्रेक शुुको आवरणमा भित्राइएको करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

सुन ओसारपसारमा संलग्न भएको आरोपमा भन्सार एजेन्टसहित ६ जना पक्राउ परिसकेका छन् । उनीसहित उक्त प्रकरणमा हालसम्म ७ जना पक्राउ परेका छन् । यसअघि सुन तस्करी प्रकरणमा टयक्सीका चालक अशोक राना मगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दीलिप भूजेल, सहयोगीहरु हर्कराज राई, रामकुमार भूजेल र थुक्पिन छिरिङ पक्राउ परेका थिए ।