Breaking

दीपक मल्होत्राले पत्रकार सम्मेलन गर्दै, चरित्र हत्या गरिएको जिकिर


काठमाडौँ – त्रिभुवन विमानस्थल भन्सारबाट छिराएर बुधबार बरामद भएको एक क्विन्टल सुन प्रकरणमा आफ्नो नाम जोडिएपछि व्यवसायी दीपक मल्होत्राले आफ्नो भनाइ सार्वजनिक गर्ने भएका छन् ।

विमानस्थलबाट बरामद भएको अवैध सुनमा आफ्नो संलग्नता रहेको दाबीसहित समाचारसमेत आएपछि उनले यसबारे स्पष्टीकरण दिन पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

आफ्नो चरित्रहत्या भएको भन्दै उनले बिहीबार दिउँसो १ बजे दरबारमार्गस्थित रोयल सिन्धी होटलमा पत्रकार सम्मेलन तय गरेका छन् । उनले एकैजनाले अर्बौँ पर्ने एक क्विन्टल सुन ल्याउन नसक्ने दाबी गर्दै तस्करीमा आफ्नो संलग्नता पनि इन्कार गरेका छन् । मल्होत्राले आफ्नो चरित्र हत्या गरिएको बताउँदै कानुनी उपचारको बाटो खोज्ने पनि बताएका छन् ।

बुधबार मात्रै हङकङ हुँदै आएको एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

विभागले सुन बरामदपछि यस प्रकरणमा संलग्न भरिया र ट्याक्सी चालक तथा भन्सार एजेन्टसहित ६ जनालाई पक्राउ गरिसकेको छ ।