Breaking

सुन तस्करीमा सरकार आवद्ध दलकै नेता मुछिनु गम्भीर विषय : पोखरेल


काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन तस्करीमा सडक मात्रै नभएर हवाई मार्गको समेत प्रयोग भइरहेको र त्यसमा सरकारको नेतृत्व गरिररहेका दलकै नेताको नाम मुछिनु गम्भीर विषय भएको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमा पोखरेलले केही दिनअघि इलेक्ट्रिक सिगरेटमा लुकाइ ल्याएको सुन मिलेमतोमा छुटाउने प्रयास भएको र बुधबार एयरपोर्टबाटै १ क्विन्टल सुन समातिएका घटनालाई संसद्‌को ध्यान गम्भीर रुपमा जानुपर्ने बताए ।

‘केही दिन अघि इलेक्ट्रिक सिग्रेटमा लुकाई ल्याएको सुनलाई मिलोमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो, हिजो त एअरपोर्टको सुरक्षा प्रणालीलाई पार गरेर बाहिरिएको एक क्विन्टल सुन समातिएको छ,’ उनले भने, ‘एअरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय हो । त्यसमाथि सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरुको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर देखिन्छ ।’

उनले यस्ता घटनाले राष्ट्रलाई नै लज्जित बनाएको बताएका छन् ।