Breaking

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


काठमाडौँ – राष्ट्रिय सभा बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०१ बजेका लागि बैठक बोलाइएको छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको ब्यहोरा जानकारी गराउने छन् ।

साथै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।