Breaking

कांग्रेस केन्द्रीय समिति बैठक : केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने


काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । ललितपुरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बैठक सुरू हुने बताइएको छ ।

गत मंगलबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा हिजोबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरू भएको थियो। हिजो आमन्त्रित जिल्ला सभापतिहरूसहित झन्डै चार दर्जन केन्द्रीय नेताहरूले धारणा राखेका थिए ।

हिजोको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ । आज पनि केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्ने छन् ।