Breaking

ललिता निवास प्रकरण : आज चौथो दिन पनि सुनुवाइ हुने


काठमाडौँ – ललिता निवास प्रकरणअन्तर्गत बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज चौथो दिन पनि सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा बुधबार तेस्रो दिन पनि बहस हुँदाहुँदै समय सकिएपछि आज पनि जारी रहने भएको हो ।

उक्त प्रकरणमा किर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरूङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि उनीहरुले रिहाइ माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर दिएका हुन् ।

सर्वोच्च अदालतले सो विवादसम्बन्धी ६ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ।