Breaking

काठमाडौँको फोहोर विसर्जनमा फेरि अवरोध


काठमाडौँ – नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले काठमाडौँको फोहोर बिसर्जनमा रोक लगाएका छन् ।

यसअघि सरकार र काठमाडौँ महानगरसँग भएका सहमति एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर विसर्जन गर्न रोक लगाएका हुन् ।

आज बिहान फोहोर बोकेर ल्याण्डफिल्ड साइटमा जाँदै गरेका गाडीहरु स्थानीयको अवरोधका कारण बन्चरेडाँडा र सिसडोलको बिचमा रोकिएका छन् ।

फोहोर बोकेका करिब ५० वटा गाडी स्थानीयले रोकेको काठमाडौँ महानगरपालिकाका ल्याण्डफिल्ड साइट इन्चार्ज सरकारदीप श्रेष्ठले जानकारी दिए ।

स्थानीयले सहमतिका नाममा आफूहरुलाई पटक(पटक झुक्याइएको आरोप लगाएका छन् । सरकारले यसअघि गल्ने र नगल्ने फोहोर वर्गीकरण गरेर गल्ने फोहोर मात्र विसर्जन गर्नेलगायतका सहमति ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दासँग गरेको थियो । तर अहिले महानगरले वर्गीकरणविना फोहोर संकलन गर्दै आएको छ ।