Breaking

सिक्री लुट्ने गिरोह सक्रिय, दिनदाहाडै यसरी लुटिन्छ सिक्रि, निशानामा महिला, जोगीने कसरी ?


काठमाडौँ– पछिल्लो समय काठमाडौंका गल्लीमा दैनिक जसो चोरी र लुटपाटका घटनाहरु बढिरहेकाछन्। लुटेरा समुहले विशेषत विहानीपख मर्निङवाकामा निस्किएका महिला र बालबच्चा स्कुल पु¥याउन जाने अभिभावकलाई निसाना बनाएर लुटपाट मच्चाईरहेकाछन् । दिनदाहाडै घाटीको सिक्रि थुतेर भाग्ने यो समुहका केही व्यक्ति प्रहरी हिरासतमा समेत पुगेकाछन् । काठमाडौं शहर हेर्दा लाग्छ रहर । कुनै बेला यो शहरको नाममा यही पाठ घोकाईन्थ्यो । तर अहिले यो वास्तविकता बदलिएको छ । हरकोहीलाई जोगिएर हिड्न मुस्किल छ । पसल गएकी श्रीमती पर्किन्छीन्की फर्किनन् । मर्निवाङ गएकी आमा लुटिएरपो आउछिन् कि, यही त्रास र डर बोकेर यो शहरका मानिसहरु बाँची रहेकाछन् ।
गएको बैशाख ७ गते काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गरिरहेकी निरा पाण्डे आचार्य (निरु) को दिनदहाडै हत्या भयो । उनको हत्याको आरोपमा झापा धुलावारीका विनोद विक पक्राउ परे । निराको हत्याको कारण अरु केही नभएर गलामा लगाएको एक त्यान्त्रो सुनको सिक्रिी थियो । केही दिन अघि मर्निङवाङ हिड्दै गरेका महिला आफ्नै घर छेउको गल्लीमा लुटिए । मोटरसाईकलमा आएका नकावधारीले हेर्दाहेर्दै सिक्री थुतेर भागे । अहिले लुटेरा समुहले महिलालाई लक्षित गरेर सहरमामा लुटपाट मच्चाईरहेकाछन् । मर्निङवाक मात्रै हैन दैनिक रुपमा बालबच्चा स्कुल पुर्याउने महिलापनि उनिहरुको निसानामा छन् । बच्चाँ स्कुल लिन वा पुर्याउन जादा, अपराधिक मनोवृतीका लुटेरा समुहले रेकी गर्ने र आफुलाई पायक पर्ने ठाउँमा गौडा ढुकेर लुटपाट मच्चाउने गरेकाछन् । उनिहरुको निसानामा जो कमजोर छन् त्यही शिकार भईरहेकाछन् ।

बच्चाको हात पक्रिएर ल्याउन लैजान गरीरहेका बेला लुटपाट गर्दा महिलाहरुले बच्चा छोडेर प्रतिवाद गर्न नसक्ने भएको हुँदा पनि लुटेरा समुहको निसानामा त्यस्ता महिला परिरहेकाछन् । केही प्रतिनिधी घट्ना बाहीर आएपनि कति पयले भने प्रहरीमा उजुरी नदिईनै यसै निच मारेर बसेकाछन् । पछिलो समय मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा २ दजर्न हाराहारीमा लुटिएको उजुरी परेको छ । यी उजुरीमा सबै महिला निसानामा छन् । त्यसमध्ये प्रहरीले १४ वटा घट्नाको सफल अनुसन्धान गरेको छ ।


केही दिन देखि दिनदाहाडै भईरहेको लुटपाटको घट्नालाई हेर्दा अब लुटेरा समुहबाट जोगिन गला ढाक्ने कपडाको प्रयोग, सल वा स्विटर हाईनेक जस्ता घाँटी छोपिने कपडा लागाउन र सचेत भएर हिड्न प्रहरीले अनुरोध गरेको छ । लुटेराहरुले आफुलाई लुट्न र भाग्न सजिलो हुने क्षेत्रलाई तार्केट बनाएर महिलालाई निसाना बनाईरहेकाछन्। प्रहरी अनुसन्धाले पशुपति, जयबागेश्वरी, टोखा ,बुढानिलकण्ठ र काँडाघारी क्षेत्रलाई तार्गेट गरेर गिरोह सक्रिय रहेको देखाएको छ । यसमा एक वा दुई भन्दा बढि व्यक्ति ठाउँ हेरेर लुटपाटमा सक्रिय देखिएकाछन् । लुटपाटमा सामेल केहीलाई प्रहरीले पक्राउ गरेर हिरासतमा हालेको छ । मुलत यी प्रतिनिधी घट्नाले बुढि मरी भन्दा पनि काल पल्कियो भन्ने चिन्ता थपेको छ । तसर्थ घर बाहीर निस्कदा सावधानी अपनाँउ ।