Breaking

ओलीको यूट्युब च्यानल केपी बा सब्सक्राइब गर्न अपिल, चार महिनाको अवधिमा गरे ३० वटा भिडियो पोष्ट


काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो यूट्युब च्यानल केपी बा सब्सक्राइब गर्न अपिल गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले यूट्युब च्यानल सब्सक्राइब गर्न अपिल गरेका हुन् ।२०५२ सालको हेलिकोप्टर दुर्घटनाबाट ज्यान जोगिएको संक्षिप्त अनुभव उल्लेख गर्दै ओलीले यूट्युब च्यानल सब्सक्राइब गर्न अपिल गरेका हुन् । मैले मेरो जीवनका थुप्रै यस्ता अनुभवहरु मेरो यूट्युब च्यानलमा सेयर गर्दै आइरहेको छु’ ओलीले लेखेका छन्आगामी दिनमा पनि म यस्तै अनुभवहरु बाँड्दै जानेछु । च्यानल सब्सक्राइब गर्नुहोस् न है । चार महिनाको अवधिमा यो च्यानलमा ३० वटा भिडियो पोष्ट गर्दा पाँच हजार ६ सय जनाले सब्सक्राइब गरेका छन् ।