Breaking

व्यवहारिक शिक्षा दिनसक्ने मुलुकले मात्रै प्रगति गर्न सक्छ: सभामुख घिमिरे


काठमाडोँ– सभामुख देवराज घिमिरेले व्यवहारिक शिक्षा दिनसक्ने मुलुकले मात्रै प्रगति गर्न सक्ने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले व्यवहारिक शिक्षा दिनसक्ने मुलुकले मात्रै प्रगति गर्नसक्ने बताउनुभएको हो । उहाँले मुलुकको शिक्षाको ठिक ढंगले विकास गर्न नसकेको मुलुकहरुले विश्वमा प्रगति गर्न नसकेका बताउनु भयो । सभामुख घिमिरेले शिक्षाको विकास सही ढंगबाट हुन नसकेको भन्दै यसप्रति प्रश्नहरु उठिरहेको बताउनु भयो । सभामुख घिमिरेले शिक्षाको विकासका लागि अतिरिक्त क्रियाकलापहरुले महत्वपूर्ण पाइलाको शुरुवात गर्ने बताउनु भयो ।