Breaking

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गुरूङले राष्ट्रियसभामा उत्पत्ति भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा पेश गर्न प्रस्ताव प्रस्तुत गर्ने र निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।