Breaking

रास्वपाको हालत देखेर रवि चिन्तित, पुरानैको बाटोमा अघि बढेको आरोप,किन समातेनन् आफ्नै बाटो ?


काठमाडौँ — वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएर पहिलो चुनावबाटै राष्ट्रिय दल बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनताकाको रापताप कायम गर्न असफल बन्दै गएको छ । सत्तामा हुदाँ माओवादीको र प्रतिपक्षमा हुदाँ एमालेको पछि लागेको आरोप खेपेको उसलाई आफ्नै अस्थित्व कायम गर्न समस्या देखिन थालेको हो । जहाँ पार्टीले समात्न नसकेको निति,आफ्ना नेताले खेपिरहेको आक्षेप र सुरुमा खरो रुपमा उत्रिएर सेलाएका सांसदले समेतले यसलाई मलजल गरिरहेका छन ।

नयाँ विकल्प र आशाको केन्द्रका रुपमा व्याख्या गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी विचारदेखि संसदीय अभ्यासमा समेत परिपक्व देखिन सकेको छैन । सत्तामा जाने किन र वाहिरिने किन भन्ने ? भन्ने औचित्य पुष्टि गर्न नसकेबाटै प्रश्नको घेरामा परेको उसका लागि संसदीय अभ्यास समेत त्यति सहज बनिरहेको छैन । जहाँ कार्यकारी पदमा नरहँदा देखिनेगरि काम गर्न नसेकेका उसका लागि आफ्नो निति र विचार के हुने भन्ने टुङ्गो लगाउनै समस्या परिरहेको छ ।

बितेको वर्षका १२ महिना राजनीतिक रूपमा विवाद, सैद्धान्तिक रूपमा अलमल अनि भविष्यका हिसाबले अनिश्चय हुनसक्ने संकेतसहित गुज्रिएको रास्वपा प्रतिपक्षमा समेत खरो उत्रिन सकेको छैन । फलत पार्टी-संगठनमा पेसा, व्यवसाय र सामाजिक क्षेत्रमा अब्बल सावित भइसकेकाहरूलाई आबद्ध गराएको रास्वपाले युवाहरूको ध्यान खिचे पनि अहिले सर्यौ प्रश्नहरुको सामना गरिरहेको छ ।

संसदीय अंगणितमाआमनिर्वाचनमा २० सिट जितेको रास्वपाले उपनिर्वाचनबाट एक सिट बढाएर २१ पुर्याएको छ । तर यो विचमा ढाकाकुमार श्रेष्ठको दुई करोड काण्डले उनी पदच्यूत बन्दा स्वयम पार्टीमाथि पनि आफ्नै हैसियत काम गर्न नसकेको आरोप छ । अहिले एमालेको पुच्छर बनेको आरोप खेपिरहेको उसलाई प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अवरुद्ध संसद खुलाउदाँ गरेको बाईपासको अवस्था समेत उसको प्रतिपक्षी हैसियत प्रष्ट पारेको छ ।

त्यस्तै संसदीय मर्यादा नाघेको आरोप खेपेको सांसददेखि कहाँ के वोल्ने भन्ने ध्यान नपुर्याउदा वोलीमा चिप्लिने नेताहरुको केटाकेटीपनको समेत रास्वपाका लागि भारी पर्न थालेको छ । जहाँ नागरिकता विधेयकका विषयमा दिईएको अभिव्यक्तिमा सभापति रवि लामिछानेले वोली नै फेर्नु परेको विषय र संसद अवरुद्ध भएर मिटरव्याज पिडितलाई न्याय दिन ल्याईएको विधेयक अलपत्र परेको विषयले समेत रास्वपामाथि प्रश्न उठेको थियो ।

यद्यपी आफूलाई फरक देखाँउनकै लागि प्रधानमन्त्रीको राजिनामा नै नमागेको बताएको रास्वपाले अहिले मिटरव्याज सम्बन्धी विधेयक अघि नबढाए आगामी संसद वैठक अवरोध गर्ने चेतावनी नै दिएको छ । अबको चार पाँच वर्षमा आफूहरू पनि अन्य पार्टी जस्तै हुन् भन्ने भाष्य खडा हुने हो कि भन्ने चिन्ता सभापति रविलामेछानेमाथि छ ।

राजनीतिक दृष्टिकोणमा देखिएको अलमल र बढ्दो आलोचनाकै कारण फरक देखिनै पर्ने दवावमा रास्वपा पुग्दा सुरुताका रिपोर्ट कार्ड प्रस्तुत गरेका सांसदहरु पनि सुस्त देखिन थालेका छन । संसदमा उठाउने विषयमा अध्ययन गरेरै वोल्ने छवि बनाएकाहरु समेत विस्तारै पुरानै दलका सांसदको अवस्थामा पुग्दा स्वर्णिम वाग्ले,मनिष झा जस्त नेताहरु संसदमा खासै मुखरित भईरहेका छैनन् ।

यहि कारणसमाजलाई अघि बढाउने विचार दिनु भन्दा पनि लोकरिझ्याइँको आरोप लागेको रास्वपाका सांसदहरुमाथि समाजलाई दिशानिर्देश गर्ने गरी विचार प्रदान नगरेर ‘कसले के सुन्न चाहन्छन’ त्यही अनुसार अभिव्यक्ति दिने गरेको आलोचना हुदै आएको छ । जहाँ यहि सरकारले गरेको केहि काममै रास्वपाका सवै मुद्धा समेटिएको झै भाष्य निर्माण हुदै जाँदा वैकल्पिक समिकरणको आधार निर्माण गर्ने र सरकारमा जाने अवस्थामा समेत रास्वपा छैन ।

जसका कारण स्थानीय तहमा निर्वार्चित स्वतन्त्रले नै उनीहरुमाथि धावा वोलेको जस्तो दृश्य देखिदा पाँचबर्ष प्रतिपक्षमै वस्ने अवस्थाले पार्टीको हालत के हुन्छ भन्ने सम्मका प्रश्न समेत उठ्न थालेका छन । अर्थात सैद्धान्तिक रुपमा संविधानले अंगालेको तीन तहको संघियतावारे ठोस धारणा विकास गर्नेसम्मको काम समेत गर्न नसकेको रास्वपाले रवि लामिछानेको टिभी कार्यक्रमले जति समेत काम गर्न नसकेको स्वयम पार्टीभित्रै प्रश्न थालेको छ । जहाँ ठुला दलका नेताहरुले त कुनै सेलीव्रटिको वाहिवाहिले पार्टी नबन्नेसम्म भन्न भ्याईसकेका छन ।

हुन त कार्यकारी स्थानमा नरहेकै कारण काम गर्न नपाएको भन्ने वहाना पनि रास्वपाका लागि स्वभाविक नै छ । तर रवि गृहमन्त्री हुन नपाँउदैमा किन सवै मन्त्री फिर्ता गर्नुपर्यो भन्ने प्रश्नको जवाफ अहिलेसम्म रास्वपाले दिएको छ । जहाँ सुशासनको कुरा गर्दा भ्रष्ट्रचार विरुद्धको फायल सरकारले खोलेकै वेला समर्थन फिर्ता लिएको रास्वपाको कदमले नै उनीहरुको राजनीतिक चेत प्रष्ट पारिसकेको छ ।

यद्यपी आमनिर्वाचनमा रास्वपाले पाएको मतले परम्परागत राजनीतिक दलहरूलाई कार्यशैली सुधार्न बलियो धक्कामात्र दिएन पुराना दल र दलको नेतृत्वबाट दिक्क बनेका नागरिकका लागि आशासमेत जगाएको विषयलाई भने नजर अन्दाज गर्न सकिदैन । त्यस्तै मिटरव्याज पिडितको पक्षमा उभिएर थोरै करेक्सन थालेको रास्वपापार्टीको निति तथा सिद्धान्त तयको काममा पनि लागि परेको छ । योसंगै पार्टी र संसदीय राजनीति दुवैमा उसले परिपक्वता हासिल गर्ला कि भन्ने आशा बाँकि रहदाँ यहि अवस्था रहे भने माओवादीकै यात्रा तय नगर्ला भन्न सकिन्न ।