काठमाडौँ — एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान एु ले नेपाललाई ४ विकेटले हराएको छ । श्रीलङ्कामा चलिरहेको प्रतियोगितामा नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तान एु ले ३२ ओभर पाँच बलमा ६ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तान ए का लागि तैयव ताहिरले ५१ रन बनाए ।
नेपालका लागि ललित राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले १ विकेट लिए । यसअघि कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन बनायो । नेपालका लागि सोमपाल कामीले ७५ रन बनाए ।
नवौँ विकेटका लागि सोमपालले प्रतिश जिसीसँग मिलेर ७० बलमा ५८ रन बनाए । अर्जुन साउद र कुशल मल्लले समान १७र१७ रन बनाए । गुलसन झाले १३ र ओपनर आसिफ शेख १२ रन बनाए । अरु नेपाली ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
पाकिस्तान ुएु का लागि शाहनवाज दहानीले ५ तथा मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए । जितसँगै पाकिस्तान ुएु समूह ुबीु को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल दोस्रो स्थानमा रहेको छ ।
नेपालले दोस्रो खेलमा सोमवार भारत ुएु सँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधवार यूएई ुएु सँग खेल्नेछ । यस प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।
हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलका लागि छानिनेछन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ । सेमिफाइनलका दुई विजेता उपाधिका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।
प्रतिक्रिया