Breaking

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त


काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । पूर्वराजाले सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्न आफ्ना प्रतिनिधि पशुपतिभक्त महर्जनलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पठाएका हुन् ।

पेरिसडाँडामा पुगेर महर्जनले पूर्वराजाको तर्फबाट सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । ६९ बर्षिया सीता दाहालको बुधबार बिहान राजधानीको नर्भिक अस्पतालमा निधन भएको थियो ।