समाचार

बहुविवाहको आरोपमा वडाध्यक्ष पक्राउ


काठमाडौँ – महोत्तरीको भंगहा नगरपालिका-४ का वडाध्यक्ष गणेश महतो पक्राउ परेका छन् ।

बहुविवाह आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको हो ।

मंगलबार बेलुका वडाध्यक्ष महतोलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।