Breaking

राष्ट्रिय सभा बैठक बस्दै, विधेयकमाथि उठेका प्रश्नको जवाफ मन्त्रीले दिने


काठमाडौँ – राष्ट्रिय सभाको बैठकमा बुधबार विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने सम्भावित कार्यसूची छ ।

बिहान ११ बजे बोलाइएको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीका प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८०’ पारित गर्न प्रस्ताव पेश गर्ने कार्यसूची छ ।