Breaking

लिखुपिके गाउँपालिकाको लाम्जुरामा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको सुन्यौँ : उपाध्यक्ष शेर्पा


काठमाडौँ – सोलुखुम्बुको लिखु पिके गाउँपालिकाका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको बताएका छन् ।

शेर्पाका लिखुपिके गाउँपालिका-५ लाम्जुराको च्यानडाँडामा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

‘अहिले हामी त्यहाँ नजिकको मान्छेलाई पठाउँदैछौँ । पालिकाबाट गाडीमा जान २ घण्टा लाग्छ’, उनले भने, ‘स्थानीयले दिएको सूचना अनुसार हेलिकोप्टर क्षतविक्षत अवस्थामा भेटिएको छ । त्यसमा सवार मान्छे जीवितै भेट्ने सम्भावना छैन ।’

सुर्केबाट मंगलबार बिहान ५ मेक्सिकन यात्रुसहित उडेको उक्त हेलिकोप्टर लाम्जुरा डाँडासम्म सम्पर्कमा रहेको थियो । त्यसपछि काठमाडौँको टावरलाई ह्याण्ड ओभर गर्नासाथ सम्पर्कविच्छेद भएको थियो । हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए ।