Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौँ – राष्ट्रिय सभाको बैठक मंगलबार बिहान ११ बजे बस्दैछ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ ।

बैठकमा गृह, रक्षा, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि , परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी, अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, कानून, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

यस्तै राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका लागि छुट्याइएको बजेटमाथि पनि छलफल हुने संसद्को कार्यसूचीमा जनाइएको छ ।