Breaking

ओली प्रचण्डको के मा भयो लेनदेन ? जवाफपछि प्रचण्ड शक्तिशाली, प्रतिपक्षको हैसियत उदांगो


काठमाडौँ — प्रधानमन्त्री प्रचण्डको भनाईलाई राष्ट्रियताको मुद्धाबनाँउदै संसद अवरुद्धगर्दा बनेको सत्तापक्ष र प्रतिपक्षविचको भिडन्त तिन दलीय सहमतीले शान्त बनेको छ । यसले संसदको गतिरोधलाई निकाश दिएको छ भने सत्ता या प्रतिपक्षमा दुवै तर्फका अरु दल गतिमै विलाएका छन । जहाँ रास्वपाले आफू फरक भएको देखाउन संसदमा प्रश्न उठाए पनि कसरी एमाले पछि हट्यो र प्रचण्डको भनाई कसरी एकाएक राष्ट «विरोधी भएन भन्ने निर्धारणको आधार समेत तीन दलले नै तय गरेका हुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारत धाएको भनेर दिएको अभिव्यक्ति प्रतिविरोध जनाएको एमालेले वुधवार देखि संसद अवरुद्धगर्यो । जसका लागि राप्रपा र एमाले एकै ठाँउमा देखिँदा राष्ट्रिय स्वतन्त्रपार्टीले भने आफूले राजिनामा नमागेको भन्दै फरक देखिने प्रयास समेत गरेको थियो ।

भिडियो