Breaking

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदन हेर्न नभ्याइनेमा


काठमाडोँ – कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदन हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको ईजलासमा आइतबारको लागि पेशी तोकिएपनि हेर्न नभ्याईनेमा परेको हो । कोशी प्रदेशमा सभामुखको समथर्नमा गठन भएको उद्धव थापा नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै शुक्रबार नेकपा एमालेका हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

असार २१ गते कोशी प्रदेशमा सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमको हस्ताक्षर सहित बहुमत पुर्‍याएर थापा नेतृत्वको सरकार गठन गरेको थियो । एमालेका नेता कार्कीले दायर गरेको रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभामुख बाबुराम गौतम लगायतलाई विपक्षी बनाइएको छ । कार्कीले संविधानको धारा १६८ ९२० बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी गर्नुभएको छ । असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि पनि कार्कीले परमादेश माग गर्नुभएको छ ।