Breaking

राष्ट्रियसभाको बैठक स्थगित


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले राष्ट्रियसभा बैठक अवरूद्ध पारेको हो ।

लगातारको अवरोधपछि सभा अध्यक्ष गणेश तिमिल्सिनाले भोलि १२ बजेर १ मिनेटसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

राष्ट्रियसभाको बैठक सुरु हुनासाथ एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्री प्रचण्डले जनयुद्ध, एमसीसीलगायतका विषयमा नाटक गरेर देशको स्वाभिमानविरूद्धमा पटकपटक धावा बोलेको बताइन् । उनले प्रधानमन्त्री प्रचण्डकोराजीनामा नआएसम्म बैठक अवरोध कायम राख्ने बताइन्। त्यसपछि एमाले सांसदहरूले उठेर विरोध जनाएका थिए ।

एमालेले पछिल्लो समय प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै दुवै सदनमा अवरोध गर्दै आएको छ । एमालेको अवरोधका कारण बैठक चल्न सकेको छैन ।