Breaking

प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेबाट आज पनि राष्ट्रियसभा बैठक अवरुद्ध


काठमाडौँ — नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध पार्ने भएको छ । शुक्रबार तीन बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक एमालेले चल्न नदिने भएको हो । एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले आफूहरू बुधबारको विषयमा अडान रहेकाले सदन चल्न नदिने बताए । साढे एक बजेका लागि कार्यव्यवस्था समितिको बैठक बोलाइको छ । उक्त बैठकमा पनि आफूहरूले सोही अडान राख्ने उनले बताए ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर बुधबारदेखि सदन अवरुद्ध पार्दै आइरहेको छ । शुक्रबारको राष्ट्रियसभा बैठक पनि एमालेले चल्न दिएन । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रियसभा बैठक असार २४ गते आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो ।