Breaking

सल्यान दुर्घटनाः मृतकको संख्या ३ पुग्यो


्रकाठमाडौँ — सल्यानमा गुडिरहेको बसमा विद्युत प्रवाह हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । गम्भीर घाइते बस साहु जिल्ला सल्यान छत्रेश्वरी गाउँपालिका-६ लान्तीका अन्दाजी वर्ष ३३/३४ को महेन्द्र ओलीको उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

ओलीको दाङ तुल्सीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए । यसअघि एकै घरका रोल्पा गंगादेव गाउँपालिका वडा नं. ४ बस्ने वर्ष करिब ७०/७२ को बालराम डाँगी र उनकै छोरा वर्ष करिब ४०र४२ को टोपलाल डाँगीको घटनास्थलमै मृत्यु भएको थियो ।

बिहीबार बिहान १०ः३० बजे राप्ती राजमार्ग अन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोलास्थित दाङ तुल्सीपुरबाट रोल्पा जाँदै गरेको रा १ ख ८३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको विद्युतको पोल सर्पोटको लागि छेउमा गाडिएको तारमा छोइँदा बसमा करेन्ट लागेको थियोे । बसमा १९ यात्रु थिए ।