Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्वव थापा नियुक्त


काठमाडौँ — कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । थापाले प्रदेश प्रमुखले दिएको समयभित्रै प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

सोही दाबी पेसकै आधारमा प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कोशी प्रदेशमा कांग्रेसका २९, माओवादी केन्द्रका १३ सभामुखसहित, नेकपा एकीकृत समाजवादीका ४ जनता समाजवादी पार्टीका १ प्रदेश सांसदको समर्थन आफूलाई रहेको भन्दै थापाले मुख्‍यमन्त्रीमा दाबी पेस गरेका थिए ।