Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

कोशी प्रदेशः अंक गणितमा सभामुखलाई गणना नगर्न एमालेको दबाब


काठमाडौँ — कोशी प्रदेश संसदीय दलले सभामुख बाबुराम गौतमलाई समेत गणना गरी बहुमत सावित गर्ने प्रयत्न भएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएको छ । एमाले दलको तर्फबाट हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख खापुङको ध्यानाकर्षण गराउँदै संविधानको धारा १८६ मा उल्लेखित विषयबारे जानकारी दिएका हुन् ।

अहिले कोशी प्रदेशसभाका माननीय सभामुख बाबुराम गौतम कुनै पनि दलको सदस्य होइन र उहाँको नाम सरकार गठनका लागि संख्यामा गणना गर्न संविधान, कानून, संसदीय मूल्य, मान्यता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिद्धान्त एवम् अभ्यास विपरीत हुने र स्वयम् सभामुखको गरिमामा समेत गम्भीर प्रश्न उठ्नेछ,’ कार्कीले दिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘उपरोक्त तथ्य, प्रमाण र विश्लेषणको आधारमा सभामुख पदमा आशिन व्यक्ति निष्पक्ष र तटस्थ भूमिकामा रहने हुँदा कुनै निश्चित दलको संख्यामा गणना गरी सोही आधारमा प्रदेश सरकार गठन प्रक्रियामा बहुमत पुर्‍याएको भनी संविधानको धारा १६८ ९२० बमोजिमको सरकार गठनका लागि दाबी पेश भई आएमा मुख्यमन्त्री नियुक्त नगर्नका लागि माननीय प्रदेश प्रमुखज्यू समक्ष विनम्रतापूर्वक यो ध्यानाकर्षण पत्र पेश गरेको छु ।

सभामुख बाबुराम गौतमलाई समेत बोधार्थ दिएको एमालेले २०७९ साल पुस २८ गते प्रदेशसभाको बैठकमा सभामुखले बालेको कुरालाई पनि स्मरण गराएको छ । त्यसबेला सभामुखले ‘मैले निष्पक्षताको पदमा आशिन हुँदै गर्दा मेरो हालसम्म रहेको दलसँगको आबद्धता यो सभामुख पदको भूमिका निर्वाह गर्ने कार्यकालसम्म आजैको मितिदेखि अलग भएको समेत यस गरिमामय सभा समक्ष घोषणा गर्दछु’ भनेका थिए । सोही कुरालाई स्मरण गर्दै सभामुखले माओवादी केन्द्रको सदस्यता परित्याग गरिसकेको कुरा विवादरहित रहेको एमालेले उल्लेख गरेको छ ।