Breaking

नाइट क्लब एलओडीका साहुविरूद्ध पक्राउ पुर्जी जारी


काठमाडौँ — काठमाडौँको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका साहुविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ललितपुर जिल्ला अदालतले एलओडीका साहुहरू रूदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

ललितपुर प्रहरी परिसर स्रोतअनुसार केही दिनअघि उनीहरुविरूद्ध पक्राउ पुर्जी जारी भएको हो । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ । एलओडीमा छिरेकी १६ वर्षीया बालिका गत जेठ ३१ गते सानेपामा बलात्कृत भएको पाइएपछि प्रहरीले एलओडीका सञ्चालकलाई पनि कारबाहीको दायरामा ल्याएको हो ।