Breaking

प्रचण्ड फेरी विवादमा, धरापमा प्रधानमन्त्री पद, ओली किन भारतको विरोधमा ?


काठमाडौँ — राजनीतिमा संधै सुन्ने, सबैले भन्ने वाक्यंश हो राज्य सञ्चालनको साँचो अन्तै छ । सरकार अरुले नै चलाउँछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिले यो आरोपलाई थप पुष्टि गरेको छ । सार्वजनिक मञ्चमै सरदार प्रितम सिंह आफुलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली पुगेको भनेर दिएको अभिव्यक्तिले राष्ट्रिय राजनीति तरंगित बनेको छ भने सार्वभौमसत्ता सम्पन्न मुलुक नेपालको राष्ट्रियतामाथी प्रश्न चिह्न खडा भएको छ ।

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको यो अभिव्यक्तिले राष्ट्रिय राजनीति तरंगित बनेको छ । सार्वभौमसत्ता सम्पन्न मुलुक नेपालको राष्ट्रियतामाथी समेत प्रश्न चिह्न खडा गरेको छ । मुलुकको प्रमुख कार्यकारी पदमा रहेका रहेका व्यक्तिले आफ्नो पदको ख्याल नै नगरी सरदार प्रितम सिंहको प्रशंसासहित आफुलाई प्रधानमन्त्री बनाउन धेरैपटक दिल्ली पुगेको भन्ने अभिव्यक्तिले प्रधानमन्त्री प्रचण्डलाई अहिले अप्ठ्यारो बनाएको छ । तर, प्रधानमन्त्री प्रचण्ड भने आफूले बोल्दै नबोलेको कुरालाई उचालेर बबण्डर मच्चाउन खोजेको आरोप लगाएको छ ।

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने आलोचनाको मसला बनाईरहेको छ । अभिव्यक्तिकै कारण प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री पदमा बस्ने राजनीतिक नैतिकता नै गुमाई सकेको एमालेको निष्कर्ष । एमालेले आज बसेको प्रतिनिधिसभा र प्रदेशसभा बैठकमार्फत प्रधानमन्त्रीको राजीनामा मागेको छ । एजेन्डा विहिन प्राय बनेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्रीको यहि अभिव्यक्तिलाई राष्ट्रियतासँग जोडेर राजनीतिक एजेन्डाकै रुपमा अघि सारेका हुन् ।

जनयुद्धमा भारतको शरण परेको आरोपदेखि पछिल्लो भारत भ्रमणमा गेरु वस्त्र धारण गर्दा समेत भारतकै इशारामा चलेको आरोप प्रचण्डले खेपिरहेकै छन् । पटक पटक उनलाई भारतीय एजेन्टको रुपमा व्याख्या गर्ने प्रयास पनि नभएको होइन । अर्को तर्फ राष्ट्रिय राजनीतिमा संधै सुन्ने सबैले भन्ने गरेको राज्य सञ्चालनको साँचो अन्तै छ । सरकार अरुले नै बनाउँछ चलाउँछ भन्ने वाक्याशं नयाँ होइन ।

सत्ता हत्याउन अनेक प्रपञ्च रच्ने, छिमेकी मुलुकको शरणमा पुग्ने राजनीतिक परिदृश्यकै कारण भारतले नै प्रधानमन्त्री बनाई दिने आरोपबाट पूर्व प्रधानमन्त्रीहरु कोहि पनि अछुतो छैनन् । यो तथ्य सहि भएको कतिपयको विश्लेषण छ । प्रधानमन्त्रीले यस्तो अभिव्यक्ती दिनु गलत भए पनि नेपालको आन्तरिक राजनीतिमा भारतीय दवदवा पुरानो भएको उनीहरुको बुझाई छ ।

सार्वभौमसत्ता सम्पन्न मुलुकको प्रधानमन्त्रीको यो अभिव्यक्ति आफैमा खेदजनक छ । तर यस विषयमा गम्भिरता भन्दा बढी राजनीतिकरण सुरु भई सकेको छ । सार्वभौम संसद र जनमतको अपमान भयो भन्दै उफ्रिन सुरु गरेको प्रमुख प्रतिपक्ष नेकपा एमाले अझ अध्यक्ष ओली २०१५ को भारतीय नाकाबन्दी विरुद्ध राष्ट्रियताको नारा घन्काएर राष्ट्रिय छवि बनाएका अध्यक्ष ओलीले एजेन्डा अघि सार्ने पक्का छ । राष्ट्र र राष्ट्रियता जस्तो संवेदनशील विषयमा नेतृत्व गाम्भिर हुनुपर्छ । तर, योभन्दा बढी राजनीतिक स्वार्थ हावी हुनु आफैमा लज्जास्पद छ ।