Breaking

एमालेसँग लागेर रास्वपाले प्रधानमन्त्रीको राजीनामा मागेको छैन: सांसद मनिष झा


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद झाले आफूहरुले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सँग लागेर प्रधानमन्त्री दाहालको राजीनामा नमागेको बताएका छन् ।

प्रधानमन्त्री दाहालको अभिव्यक्ति संसद, लोकतन्त्र र निर्वाचन प्रक्रियालाई अवहेलना गर्नेगरी आएको भन्दै यसप्रति रास्वपाको प्रश्नहरु रहेको र सोही प्रश्नका लागि संसद बैठकमा उठेको स्पष्ट पारेका छन् । उनले आफूहरुलाई प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफूहरुको आशंका रहेको भन्दै सोही विषयमा स्पष्ट हुन चाहेको उल्लेख गरे ।