Breaking

प्रधानमन्त्रीको जवाफ भन्दा राजीनामा चाहियोः ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब प्रधानमन्त्रीको जवाफ भन्दा पनि राजीनामा चाहिएको बताएका छन् । संसद भवन परिसरमा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधीनता विपरीत रहेको बताए ।

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो’, ओलीले भने ‘अब हामीलाई उहाँको जवाफ होइन राजीनामा चाहियो, उहाँबाट सारै भएन । आफूलाई प्रधानमन्त्री बनाउन ‘प्रितम सिंह सरदार पटक पटक दिल्ली गएको’ भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो ।