काठमाडौँ – एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ ।
नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे बायुमास ओभलमा सुरु हुनेछ । खेल ३५ ओभरको हुनेछ ।
समूह ए बाटै नेपाल र मलेसिया दुई टोली फाइनलमा पुगेका हुन् । समूह ए मा दुवै खेल जितेर विजेता बनेको नेपालले सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
अर्कोतर्फ घरेलु टोली मलेसियाले सेमिफाइनलमा समूह बी को विजेता हङकङलाई ७८ रनले हराएर नेपालसँगको भेट पक्का गर्यो ।
समूह चरणमा नेपालले मलेसियामाथि ८४ रनको फराकिलो जित निकालेको थियो ।
नेपाल अहिलेसम्म प्रतियोगितामा अपराजित छ भने मलेसिया नेपालसँग मात्र पराजित भएको थियो ।
मंगलबार फाइनल खलेन मैदान उत्रँदा नेपालको लक्ष्य जित यात्रालाई निरन्तरता दिँदै उपाधि उचाल्ने हुनेछ ।
उता मलेसिया नेपालसँग हारको बदला लिन चाहन्छ ।
प्रतियोगितामा धेरै रन बनाउनेको सूचीमा नेपालका दुई खेलाडी छन् । मलेसियाका कुनै पनि खेलाडी यो सूचीमा छैनन् ।
Breaking
प्रतिक्रिया