Breaking

संघीय शिक्षा ऐन संसदमा पेश गर्ने तयारीमा सरकार


काठमाडौँ – सरकारले संघीय शिक्षा ऐन संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार संघीय शिक्षा ऐन मन्त्रिपरिषदको समितिमा छलफलको क्रममा छ ।

‘मन्त्रिपरिषदकै समितिमा छलफलमा रहेको संघीय शिक्षा ऐन केही दिनभित्रै सदनमा प्रस्तुत गरिन्छ,’ गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले भने ।

संघीय शिक्षा ऐन आएपछि नयाँ शिक्षा नीतिका लागि मार्गदर्शन हुने पनि उनले बताए । प्रधानमन्त्री दाहालले विश्वविद्यालय ऐनको पनि आवश्यकता रहेकोले तयारीमा लागिएको बताए ।